सभामुख महरा भन्छन्- व्यवहारमा लैङ्गिक समानताको खाँचो छ | Khabarhub Khabarhub

सभामुख महरा भन्छन्- व्यवहारमा लैङ्गिक समानताको खाँचो छ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औँल्याएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताए ।

महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी/समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ भन्दै उनले यहीँ विषयलाई सम्बोधन गर्ने गरी यस वर्ष सरकारले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार : समृद्धिको आधार’ भन्ने मूल उद्देश्यका साथ श्रमिक महिला दिवस मनाउन लागेको सन्देशमा उल्लेख गरेका छन् ।

सबैखाले लङ्गिक विभेद र असमानतालाई तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन सबैलाई श्रमिक महिला दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख महराले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाको हक अधिकारप्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने सभामुख महराको कामना छ ।

‘संविधानले लैङ्गिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमा महिला सहभागिता अनिवार्य गर्न कानूनी व्यवस्था गरिएको छ । यसले व्यवहारिक रुपमै महिलालाई राजनीतिक नेतृत्वको तहमा पनि सहभागिता र पहुँचको सुनिश्चितता गरेको छ, अझै पनि हरेक क्षेत्रमा समान पहुँच बढाउन बाँकी छ’, महराले जारी गरेको सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ५२ बजे

नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप

काठमाडौँ– आइतबार (आज) युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि

नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान

काठमाडौँ– नेपालीलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गाैला बेच्ने गरेको आरोप

छठका लागि बेहुली झैँ सिँगारियो घडिअर्वा पोखरी (तस्बिरहरू)

वीरगन्ज – वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको

सोमबार किन भारत जाँदैछन् कुलमान ?

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस