एउटा सुँगुरको पाठाले फेरिएको जीवन « Khabarhub

एउटा सुँगुरको पाठाले फेरिएको जीवन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- १२ जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को ५ वर्षअघिको हो । अहिले उनको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उनको जीवनस्तर क्रमशः फेरिँदै गएको छ ।

उनीजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत बाख्राको पाठी र बीउ पूँजी उनले पाए र आयआर्जनका लागि तालीम र बचत गर्ने बानीको विकास पनि गरायो । झापामा पहिलोपटक विसं २०५७ मा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग जोडिएकी उनले भनिन्, ‘हामीलाई जीवन जिउने आधार पाएका छौँ, बचत गर्ने बानीको पनि विकास भएको छ ।’

उनीजस्तै झापामा करीब ३ हजार गरीब घरपरिवार यो कार्यक्रममार्फत लाभान्वित भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले जानकारी दिए । झापामा चालू आर्थिक वर्ष २०७५/७६ मा यो कार्यक्रमका लागि २४ लाख बजेट आएको उनले बताए । जिल्ला तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ ।

झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ ।

कार्यक्रमअन्तर्गत १२ स्थानमा १२ जना सामाजिक परिचालकसमेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मीना उप्रेतीले २६७ महिला र तीन पुरुष गरी जलथलमा २७० जना गरीब परिवार लाभान्वित भएको बताए ।

‘गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ’, उनले भने, ‘कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न सहयोग मिलेको छ ।’ कार्यक्रम राम्रो भए पनि न्यून बजेटका कारण केही असहजता सिर्जना हुने गरेको उनले बताए ।

कार्यक्रमअन्तर्गत लक्षित वर्गका घरपरिवारलाई बाख्रा–सुँगुरको पाठापाठी, आयआर्जन तालीम, बचत गर्ने बानीको विकास, पाँच प्रतिशत ब्याजमा बीउ पूँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताए। बीउ पूँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उनले बताए ।

कार्यक्रमअन्तर्गतको बीउ पूँजीबापतको करीब २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि ७ लाख रोकिएको छ । हल्दिबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ५८ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका