विश्वकप २०१८ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किए लियोनल मेस्सी « Khabarhub

विश्वकप २०१८ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किए लियोनल मेस्सी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसियामा सम्पन्न विश्वकप पछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बाहिर रहेका कप्तान लियोनल मेस्सी पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् । ३१ वर्षे मेस्सी विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि विश्वकपबाट बारिएको अर्जेन्टिनाको टोलीबाट लामो समय बाहिर रहेका थिए ।

मेस्सी यसै महिना हुने भेनेजुयला र मोरक्कोसँग अर्जेन्टिनाले खेल्ने मैत्रिपूर्ण खेलको प्रारम्भिक टोलीमा परेका छन् । मेस्सीसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका मिडफिल्डर एन्जेल डि मारिया पनि विश्वकप पछि पहिलो पटक टोलीमा फर्किका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनिको ३१ सदस्यीय टोलीमा चार प्रिमियर लिग क्लबका खेलाडीलाई समेत समेटेका छन् । जसमा म्यानचेस्टर सिटीका निकोलास ओटामेन्डी, टोटनह्यामका युहान फोयथ, वाट्फोर्डका रोर्वेटो पेरेयार र वेष्टहामका म्यानुएल लान्जिनी रहेका छन् । टोटनह्यामका विङ्गर इरिक लामेला र गोलकिपर पाउलो गजान्गा भने टिममा अटाउन सकेनन् ।

अर्जेन्टिनाका सर्वकालीन कीर्तिमानधारी मेस्सीले खेलेका १ सय २८ खेलमा ६५ गोल गरेका छन् । मेसीले यसअद्धि कोपा अमेरिकाको फाइनालमा चिलीसँग पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेक थिए । पछि पुनः उनले आफ्नो सन्यास फिर्ता लिए पनि लामो समय राष्ट्रिय टोलीबाट नखेल्दा मेस्सीले सन्यास लिन सक्ने आकलन गरिरहँदा उनी टोलीमा फर्किने समाचार आएको हो ।

बार्सिलोनाका सर्वकालीन मेस्सी लामो समयदेखि स्पेनमै बस्दै आएका छन् । यसै विषयमा बोल्दै मेसील्े केही समय अगाडि आफ्नो परिवार नै स्पेनमा रहेकाले अर्जेन्टिना जान आउनै समस्या हुने संकेत गरेका थिए ।

अर्जेन्टिनाले मार्च २३ मा भेनेजुयलासँग मड्रिडमा खेल्नेछ भने मार्च २६ मा मोरक्कोसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : १९ बजे

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो