विप्लव समूह लुट्नका लागि गठन भएको लुटेरा समूह हो– प्रधानमन्त्री « Khabarhub

विप्लव समूह लुट्नका लागि गठन भएको लुटेरा समूह हो– प्रधानमन्त्री


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् ।

बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए ।

विप्लव बारे यसो भने प्रधानमन्त्री ओलीले–  

नेकपा भन्न लाज हुन्छ, हुन पनि होइन नेकपा विप्लव समूह छ । लुट्नका लागि कमसेकम लुट्नकै लागि नेकपा भन्ने वर्को त फाल ! आफूले पनि नेकपै भन्नु परेको छ । त्यस्ताले पनि नेकपा भन्नु परेको छ । बेइजत भइसक्यो नेकपाको । 

भन्न चाहन्छु उहाँहरुलाई बन्दुक गोली एलएमजी अनेकसँग मानिस समातेको ? जनतालाई दमन गर्न पाइन्छ ? बन्दुक भित्र राखेर बस्ने मान्छे लुटेर हिँड्ने, चन्दाको नाममा मान्छेको हत्या गर्ने ?

कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समूह राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राखेहुन्छ, प्रकाण्ड लुटेरा समूह राखे हुन्छ ।
म भन्न चाहन्छु त्यो बाटो छोड्नुस् नत्र यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो, सरकारले गर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ५३ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६