विप्लव समूह लुट्नका लागि गठन भएको लुटेरा समूह हो– प्रधानमन्त्री « Khabarhub

विप्लव समूह लुट्नका लागि गठन भएको लुटेरा समूह हो– प्रधानमन्त्री


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् ।

बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए ।

विप्लव बारे यसो भने प्रधानमन्त्री ओलीले–  

नेकपा भन्न लाज हुन्छ, हुन पनि होइन नेकपा विप्लव समूह छ । लुट्नका लागि कमसेकम लुट्नकै लागि नेकपा भन्ने वर्को त फाल ! आफूले पनि नेकपै भन्नु परेको छ । त्यस्ताले पनि नेकपा भन्नु परेको छ । बेइजत भइसक्यो नेकपाको । 

भन्न चाहन्छु उहाँहरुलाई बन्दुक गोली एलएमजी अनेकसँग मानिस समातेको ? जनतालाई दमन गर्न पाइन्छ ? बन्दुक भित्र राखेर बस्ने मान्छे लुटेर हिँड्ने, चन्दाको नाममा मान्छेको हत्या गर्ने ?

कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समूह राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राखेहुन्छ, प्रकाण्ड लुटेरा समूह राखे हुन्छ ।
म भन्न चाहन्छु त्यो बाटो छोड्नुस् नत्र यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो, सरकारले गर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ५३ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक