‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज भएन, फ्यान दु:खी « Khabarhub

‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज भएन, फ्यान दु:खी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहुप्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ मार्च ८ अर्थात् आज शुक्रबारबाट नेपालमा समेत रिलिज हुने भनिएको थियो । फिल्म चल्ने भनेर महिनौँदेखि प्रचारप्रसार समेत गरिएको थियो ।

तर, अन्तिम समयमा आएर नेपालका फिल्म हलमा ‘क्याप्टेन मार्भल’ रिलिज नहुँदा फ्यानहरु दुःखी भएका छन् ।

सामाजिक सञ्जाल फेसबूक तथा ट्वीटरमा फ्यानहरुले समयमा फिल्म हेर्न नपाएको गुनासो गरेका छन् भने ट्वीटर तथा ब्लगको सहायता लिएर नेपालमा यो फिल्म रिलिज हुनुपर्ने माग राखेका छन् । नेपाली दर्शकमाझ मार्भल स्टुडियोका दुई फिल्म ‘क्याप्टेन मार्भल’ र ‘एभेन्जरः इन्ड गेम’ को निकै लामो समयदेखि प्रतीक्षा थियो ।

नेपालमा वितरणको जिम्मा लिएको गोपीकृष्ण मुभिजले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

नेपालका सिनेमा हलमा आज शुक्रबारदेखि चलचित्र ‘खाग’ र बलिउड फिल्म ‘बदला’ रिलिज गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ४६ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई