चरा ठोक्किएपछि लडाकु विमान दुर्घटनाग्रस्त « Khabarhub

चरा ठोक्किएपछि लडाकु विमान दुर्घटनाग्रस्त


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकाशमा चरासँग ठोकिएपछि भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक चरासँग ठोक्किएर भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।

पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।

त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खसालिएको विमानका पाइलटलाई रिहा गरेपछि भारत र पाकिस्तानबीचको तनाव केही कम हुँदै आएको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ४ : ०५ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने