दक्षिण कोरियामा एकीकरणमन्त्री फेरबदल « Khabarhub

दक्षिण कोरियामा एकीकरणमन्त्री फेरबदल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्तामा प्रगति नभएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले आफ्नो मुलुकका एकीकरणमन्त्री फेरेका छन् ।
राष्ट्रपति मुनले वर्तमान एकीकरणमन्त्री चो म्युङ ग्योनलाई हटाएर उनको स्थानमा किम योन चुललाई एकीकरणमन्त्रीको जिम्मा दिन लागेका हुन् । नयाँ एकीकरण मन्त्रीले कार्यभार सम्हाल्नुअघि संसद्मा उनको सुनुवाई हुनुपर्ने प्रावधान रहेको जनाइएको छ ।
उत्तर कोरियासँग सम्बन्धको विषय हेर्ने एकीकरण मन्त्रालयले अघिल्लो वर्ष उत्तर कोरिया र अमेरिकाबीच शिखर वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
नयाँ एकीकरणमन्त्री दक्षिण कोरियाली सरकारद्वारा सञ्चालित कोरिया इन्सटिच्युट फर नेशनल युनिफिकेशनका प्रमुख पनि हुन् ।
नयाँ एकीकरणमन्त्रीले राष्ट्रपति मुन जाए इनको ‘नयाँ कोरियाली प्रायद्विप’ को लक्ष्यलाई साकार पार्न लागिपर्ने दक्षिण कोरियाली सरकारका प्रवक्ताले जनाएका छन् ।
पछिल्लो समय उत्तर कोरियाली सर्वोच्च नेता तथा अमेरिकी राष्ट्रपतिबीच शिखर वार्ता गराउन मध्यस्थकर्ताको महत्वपूर्ण भूमिका खेलेको दक्षिण कोरियाली एकीकरणमन्त्रालयले शिखर वार्तामा दुबै मुलुकबीच सहमति बनाउनका लागि असफल भएको भन्ने टिप्पणी भइरहेका बेला दक्षिण कोरियामा एकीकरणमन्त्री परिवर्तन भएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ०४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन