पोखराको क्लब ९९ मा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

पोखराको क्लब ९९ मा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखराको हल्लनचोकस्थित क्लब ९९ मा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । शुक्रबार राति ९ बजेपछि आगलागी भएको हो । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर पड्किएपछि फैलिएको आगलागीबाट माथिल्लो तल्लामा रहेको क्लब ९९ मा समेत क्षति पुगेको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।
खबरहबसँग कुरा गर्दै उनले भने–‘आगो नियन्त्रणको प्रयास जारी छ, आगलागीबाट बर्गर क्याफे र क्लब ९९ का भौतिक सामग्री जलेर नष्ट भएका छन् । क्षतिको एकिन विवरण आउन बाँकी छ ’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ०६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री