दयाहाङको ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने « Khabarhub

दयाहाङको ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने भएको छ । नेपालका दुर्गम क्षेत्रका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी शो गर्न लागिएको हो ।

नेपालमा जेठ १० गतेदेखि रिलिज हुने यो फिल्म हङकङमा भने ३० जुन अर्थात् असार १५ मा च्यारिटी शो गरिनेछ ।

निर्माण टिमले ‘शो’बाट उठेको पूरै रकम गरीब, जेहेन्दार तथा असहाय विद्यार्थीको शिक्षामा खर्च गर्न भएकाले फिल्म हेरेर सहयोग गर्न आग्रह समेत गरेको छ । फिल्म हेर्न जोर्डनबाट आउने दर्शकका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको बताइएको छ ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा बनेको यो फिल्ममा दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका छ भने विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुँवर, पुष्कर गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

फिल्ममा राजन पुवाँरको सप्पादन र विक्रम स्वाँरको कोरियोग्राफी देख्न सकिनेछ भने शैलेन्द्र डी कार्कीले फिल्मको छायांकन छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु इट भेन्चरले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा माओत्से गुरुङको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १ : ०९ बजे

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

देवचुली चोकमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली