तालिबान समूहको आक्रमणबाट पूर्वी अफगानिस्तानमा १ प्रहरीको मृत्यु « Khabarhub

तालिबान समूहको आक्रमणबाट पूर्वी अफगानिस्तानमा १ प्रहरीको मृत्यु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद– अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी १ प्रहरीको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएका छन् ।

प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो ।

सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा ६ जना सर्वसाधारण रहेका र ती सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार तालिबान लडाकू समूहले नै यो कार्य गराएको हो । सन् २००१ मा आफूहरु सत्ताबाट बाहिरिएपछि सशस्त्र आतङ्कमा लागेका तालिबान लडाकू समूहले यो कार्य गराएको प्रहरीले दाबी रहेको छ ।

तालिबान आतङ्ककारी समूहले सोही बेलादेखि सरकारी सुरक्षा अधिकारीहरु र सर्वसाधारणलाई आक्रमण गर्दै आएको छ ।

जलालाबाद शहरमा गत हप्ता मात्र भएको शृङ्खलाबद्ध बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । त्यसमा परी एक २२ वर्षीया महिला र दुई ट्राफिक प्रहरी अधिकारी रहेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १ : १७ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका