अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाड नम्बर ८ लाट्टेबाजमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये प्युठान जिल्लाको ऐरावति गाउपालिकाकी १४ वर्षीया मनिका आचार्यको सनाखत भएको र अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते १२ जना मध्ये ४ को अवस्था गम्भीर रहेको जनाइएको छ ।
गम्भीर घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । १५ जना यात्रु बोकेको जीप उकालो ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।
प्रतिक्रिया