अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाड नम्बर ८ लाट्टेबाजमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये प्युठान जिल्लाको ऐरावति गाउपालिकाकी १४ वर्षीया मनिका आचार्यको सनाखत भएको र अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते १२ जना मध्ये ४ को अवस्था गम्भीर रहेको जनाइएको छ ।

गम्भीर  घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । १५ जना यात्रु बोकेको जीप उकालो ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ३ : ४० बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही