मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै « Khabarhub

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो ।

हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश सुरु गरेका उनले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म एक हजार ८९२ महिला र एक हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका उहाँले जानकारी दिए । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।

पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले काम गरिरहेका छन् । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् ।

पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी निजी एयरलाइन्सले छ वटा उडानमार्फत बिहान ७ः०० बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट सेवा प्रवाह गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार छ वटा कम्पनीका छ वटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर बिहान ६ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म उडान भरिरहेका छन् । यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ ।

पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उहाँको भनाइ छ । मानसरोवर कैलाशको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

उनले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६ः३० बजेदेखि उडान भर्न सुरु गर्ने जानकारी दिए । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ८ : ३७ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६