जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « Khabarhub

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने अवस्थाबारे कारण देखाउ आदेश जारी गर्दै सम्बद्ध पक्षलाई वैशाख ३ गते छलफलका लागि समेत बोलाएको छ ।

अधिवक्ता नेउपानेले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिर्ने गृह मन्त्रालयको निर्णय र परिपत्र खारेज हुनुपर्ने माग दाबी गरेका थिए ।

नेउपानको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले गत मंगलबार (चैत १९ गते) सबै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न निर्देशन जारी गरेको थियो ।

चैत १९ गते नै गृहमन्त्री राम बहादुर थापा (बादल)ले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने भनी निर्णय गरेका थिए ।

गृहमन्त्रीको उक्त निर्णयको तराईंका जिल्लामा स्वागत भए पनि धेरै ठाउँबाट विरोध जनाइएको छ । सत्तारुढ दल नेकपा भित्रै नेताहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनु अनुपयक्त भएको भन्दै विरोध जनाइरहेका छन् ।

गृह मन्त्रालयले जारी गरेको परिपत्र पछि बढीजसो तराईंका जिल्लामा जन्मसिद्धका सन्तालाई वंशजको आधारमा नागरिकता प्रदान गर्न थालिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार जन्मका आधारमा नागरिकता लिएका व्यक्तिको संख्या करिब २ लाखको हाराहारीमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : २८ बजे

बाढी प्रभावित हाइड्रोका टनेलमा खोजी तीव्र, ९२ सयभन्दा बढी सैनिक परिचालन

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट