स्वास्थ्य बिमा कार्यक्रमको तीन वर्ष, बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांक « Khabarhub

स्वास्थ्य बिमा कार्यक्रमको तीन वर्ष, बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांक


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बिमाप्रति बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य बिमा बोर्डले तेस्रो वार्षिकोत्सव मनाउँदै गर्दा स्वास्थ्य अनुसन्धान परिषद्ले भने स्वास्थ्य बिमामा बिमितको रुचि घट्दै गएको तथ्यांक सार्वजनिक गरेको हो ।

पहिलो चरणमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका तीन जिल्लामा परिषद्ले गरेको अध्ययनमा बिमाप्रति मानिसको रुची घट्दै गएको देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका कैलाली, बाग्लुङ र इलाममा परिषद्ले गरेको अध्ययन रिपोर्ट सोमबार सार्वजनिक गरिएको थियो ।

परिषद्ले तीन जिल्लाका ३ सय ३८ जनामा गरेको सर्वेक्षणले ६१ प्रतिशत बिमितले स्वास्थ्य बिमा बाहेक अरु स्वास्थ्य सेवा प्रयोग नगरेको पाइएको छ ।

सर्वेक्षणका क्रममा स्वास्थ्य बिमामा संलग्न स्वास्थ्यकर्मीहरुले स्वास्थ्य बिमामा बिमितको रुचि घट्दै गएको पाइएको छ । बिमितहरुले तोकिएको स्वास्थ्य संस्था तथा अस्पतालबाट बिमामा सम्झौता भए अनुसार औषधि नपाउने, पर्याप्त प्रयोगशालाका सेवाहरु प्रयोग गर्न नपाउने कारणले बिमाप्रति मानिसको आकर्षण घट्दै गएको सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सबै नागरिकलाई संलग्न गराउन देखिएका समस्याहरु समाधान गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विज्ञहरुले सुझाव समेत दिएका छन् ।

स्वास्थ्य बिमा बोर्डले भने स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भइरहेको दावी गर्छ । स्वास्थ्य बिमा वोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले नेपालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको तीन वर्षमै धेरै बिमितलाई कार्यक्रममा समेटिएको बताए ।

तीन वर्ष अघि शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा ४२ जिल्लाका १५ लाख ७१ हजार ४ सय ८१ जना सहभागी भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ०२ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही