अन्तर स्कुल राष्ट्रिय भलिबल जेष्ठ १५ देखि « Khabarhub

अन्तर स्कुल राष्ट्रिय भलिबल जेष्ठ १५ देखि


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर विद्यालय/कलेज स्तरीय भलिबल प्रतियोगिता जेष्ठ दोस्रो साता आयोजना हुने भएको छ । एञ्जल स्पोट्स एकेडेमी एण्ड रिक्रिइसन सेन्टर मनमैजुको आयोजनामा ‘प्रथम राष्ट्रिय एञ्जल्स हार्ट अन्तर विद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता—२०७६’ आयोजना हुने भएको हो ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता जेष्ठ १५ देखि २१ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा देश भरका ८० देखि सय टिमको सहभागिता रहने आयोजकको दाबी छ । स्कुलमा पढिरहेका देखि कक्षा १२ को परीक्षा दिएर बसेका खेलाडीहरुले प्रतियोगितामा खेल्न पाउने प्राबधान रहेको आयोजकले जानकारी दिएको छ ।

निजी क्षेत्रबाट आयोजना हुन लागेको पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले ६ थान भलिबल सहयोग गरेको छ । ८० सहभागी हुने प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको प्राङ्गढ र मनमैंजु स्थित एकेडेमिको प्राङ्गणमा खेल सञ्जालन हुनेछ ।
उपत्यका बाहिरका टिमहरुका लागि आयोजकले खाने बस्ने व्यवस्था गरेको छ । जसमा आयोजकले प्रतियोगितामा २५ देखि ३० जना टिमको सहभागिता जनाउने अनुमान गरिएको छ । जसका लागि ५ लाख खर्च छुट्याइएको छ ।

प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफी, गोल्डमेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रे हुनेले ५० हजार नगदसहित ट्रफी, सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रो हुने टिमले २५ हजारसहित ट्रफी, कास्य पदक प्राप्त गर्नेछ । यस्तै, चौथो हुनेले सान्त्वना पुरस्कार १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, व्यक्तिगत विधातर्फ, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्स र बेष्ट कोचले गोल्ड मेडल र प्रमाणपत्रसहित समान ५—५ हजार प्राप्त गर्नेछन् । ६ दिनसम्म चल्ने प्रतियोगिताको अनुमानित लागत खर्च १८ लाख रहेको छ ।

विद्यालयस्तरका खेलाडीमा रहेको प्रतिभाको पहिचानका लागि प्रतियोगिता आजोजना गर्न लागिएको कार्यक्रम संयोजक दिलबहादुर बुढाथोकीले बताए । उनले पहिलो पटक हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्दै आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ५३ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज