एम्बुस थापेर ४ जना गाँजा तस्कर पक्राउ « Khabarhub

एम्बुस थापेर ४ जना गाँजा तस्कर पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– प्रहरीले धरानमा एम्बुस थापेर अवैध गाँजाको कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । विशेष सूचना पाएसँगै खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तीन जना गाँजा ल्याउने र एक जना गाँजा किन्न ५० हजार नगद लिएर आएका मुख्य कारोबारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा स्कर्टिङ गरेर टेम्पोमा गाँजा ल्याउँदै गर्दा प्रहरीले धरानको शिवधाराबाट २० केजी गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

टेम्पोमा गाँजा लिएर आउँदै गरेको विशेष सूचना पाएपछि बीचबाटोमा प्रहरीले एम्बुस थापेर कारबाही अघि बढाएको थियो । सो क्रममा को १ ह ६२५० को अटो टेम्पुमा धनकुटाबाट विराटनगर लैजाँदै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले गाँजा सहित कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका १ का २३ वर्षीय आइते भन्ने मदन राई र शहीदभूमि गाउँपालिका ३ भइ हाल धरान १७ बस्ते २३ वर्षीय विजय राई रहेको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए । त्यसैगरी गाँजा किन्न आएका विराटनगर महानगरपालिका १५ का ३६ बर्षीय सुरजकुमार साह लाई पनि पक्राउ गरिएको उनले बताए ।

मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति भने फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा कारबाही हुने डीएसपी तिम्सिनाले बताए ।

ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी लागुऔषध ओसारपासर गर्नेलाई २ देखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ८ : २८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको