मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा | Khabarhub Khabarhub

मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा चेन्नेईलाई पराजित गरेपछि मुम्बईले फाइलमा स्थान तयार पारेको हो ।

१ सय ३२ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । मुम्बईका लागि ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किए । तर, सुर्यकुमार यादवले मुम्बईको पारी सम्हाले ।

सुर्यकुमारले नटआउट ७१ रनको अर्धसतकीय पारी खेले । त्यस्तै इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा आउट भएका थिए । चेन्नेइका इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाएको थियो । चेन्नेईका लागि अम्बातु रायडुले ४२ रन जोडे । त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ३७ रन जोडे । नटआउट रहेका रायडु र धोनीले ६६ रनको साझेदारी गरेका थिए ।

चेन्नेईका ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । त्यस्तै सुरेश रैनाले ५ रन जोड्दा, मुरली विजयी २६ रनमा आउट भएक ।

मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।

चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासंग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा आज (बुधबार) दिल्ली र हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ४० बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर