लिभरपुलको उत्कृष्ट पुनरागमन, चार गोल खाएर वार्सिलोना बाहिरियो « Khabarhub

लिभरपुलको उत्कृष्ट पुनरागमन, चार गोल खाएर वार्सिलोना बाहिरियो


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलले बार्सिलोनालाई ४–० गोल अन्तरले पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले बार्सिलोनालाई लगातार ४ गोल हानेको हो । यो जितसँगै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल दुई मुख्य फरवार्ड रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिनै मैदान उत्रिए पनि सानदार जीत निकाल्न सफल भयो ।

लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे । खेलको ७ औ मिनेटमा ओरिगीको पहिलो गोलले लिभरपुललाई अग्रता दिलायो ।

त्यसपछि ५४ औ मिनेटमा वाइनाल्डमले अर्को गोल गरे । उनले ५६औ मिनेटमा फेरि एक गोल गर्दै लिभरपुललाई जीत नतिक पुर्‍याए ।

त्यस्तै खेलको ७९ औ मिनेटमा ओरिगीले चौथो गोल थप्दै लिभरपुरलाई विजयी गराए ।

लिभरपुलले उपाधिका लागि टोटेनहम र अजाक्सबीचको विजेतासंग भिड्ने छ । यो खेल आगामी जुन १ मा हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५२ बजे

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट