मनोरञ्जन

दीपिका र दिवाकर विवाह बन्धनमा

By खबरहब

May 08, 2019

काठमाडौं – निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले लगनगाँठो कसेका छन् । मंगलवार यी दुई हिन्दू परम्परा अनुसार विवाह बन्धनमा बाँधिएका हुन् ।

दिवाकर र दीपिकाले यसअघि नै कोर्ट म्यारिज गरिसकेका थिए । हिन्दू परम्पराअनुसार गरिएको बिहेमा आफन्त र फिल्मकर्मीलाई आमन्त्रण गरिएको थियो । केही दिनपछि यो जोडीलाई रिसेप्सन पार्टी दिनेछ ।

चलचित्र ‘ऐश्वर्य’ को छायांकनका बेला यी दुईबीच प्रेम बसेको थियो । शुरुमा यो जोडीले आफ्नो प्रेमलाई गोप्य राखेको थियो भने पछि खुलेआम प्रेमका बारेमा मिडिया र फ्यानबीच जानकारी गराएका थिए ।