हलमा रिलिज भएको केही हप्तामै मोबाइलमै नेपाली फिल्म हेर्न सकिने | Khabarhub Khabarhub

हलमा रिलिज भएको केही हप्तामै मोबाइलमै नेपाली फिल्म हेर्न सकिने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशमा नेपाली फिल्मको प्रतीक्षा गर्ने दर्शकका लागि खुशीको कुरा छ । अब विदेशमा रहेका दर्शकले नेपाली फिल्म रिलिज भएको हप्तामा नै हेर्न पाउने भएका छन् ।

हालै सार्वजनिक गरिएको एक ‘एप’ ले विदेशमा शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको हो । युट्युब च्यानलमार्फत फिल्म प्रदर्शन गर्दै आएको ओएसआर डिजिटलले भिडियो पसल नामक वेबसाइट र यसको एप बजारमा ल्याएको हो ।

हाललाई यो एप विदेशमा भएका दर्शकले मात्र डाउनलोड गर्न पाउनेछन् ।

विदेशमा नयाँ फिल्म पनि नेपालमा रिलिज भएकै समयमा हेर्न पाउने संस्थाले जनाएको छ । ओएसआर डिजिटलका अनुसार एकपटक भिडियोका लागि पैसा तिरेपछि पाइरेसी नहुने गरी उक्त फिल्म हेर्न सकिनेछ । संस्थाले पाइरेसी नहुने गरी एपको डिजाइन गरेको दाबी गरेको छ ।

फिल्म हेर्नका लागि १ देखि ३ डलरसम्म तिर्नुपर्नेछ । अबको केही हप्ताबाट अघिल्लो वर्ष रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘द ब्रेकअप’, ‘प्रसाद’ लगायतका फिल्म अपलोड भइसकेको जनाइएको छ ।

योसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि सःशुल्क फिल्म हेर्ने परिपाटीको विकास हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : १५ बजे

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय