हलमा रिलिज भएको केही हप्तामै मोबाइलमै नेपाली फिल्म हेर्न सकिने « Khabarhub

हलमा रिलिज भएको केही हप्तामै मोबाइलमै नेपाली फिल्म हेर्न सकिने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशमा नेपाली फिल्मको प्रतीक्षा गर्ने दर्शकका लागि खुशीको कुरा छ । अब विदेशमा रहेका दर्शकले नेपाली फिल्म रिलिज भएको हप्तामा नै हेर्न पाउने भएका छन् ।

हालै सार्वजनिक गरिएको एक ‘एप’ ले विदेशमा शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको हो । युट्युब च्यानलमार्फत फिल्म प्रदर्शन गर्दै आएको ओएसआर डिजिटलले भिडियो पसल नामक वेबसाइट र यसको एप बजारमा ल्याएको हो ।

हाललाई यो एप विदेशमा भएका दर्शकले मात्र डाउनलोड गर्न पाउनेछन् ।

विदेशमा नयाँ फिल्म पनि नेपालमा रिलिज भएकै समयमा हेर्न पाउने संस्थाले जनाएको छ । ओएसआर डिजिटलका अनुसार एकपटक भिडियोका लागि पैसा तिरेपछि पाइरेसी नहुने गरी उक्त फिल्म हेर्न सकिनेछ । संस्थाले पाइरेसी नहुने गरी एपको डिजाइन गरेको दाबी गरेको छ ।

फिल्म हेर्नका लागि १ देखि ३ डलरसम्म तिर्नुपर्नेछ । अबको केही हप्ताबाट अघिल्लो वर्ष रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘द ब्रेकअप’, ‘प्रसाद’ लगायतका फिल्म अपलोड भइसकेको जनाइएको छ ।

योसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि सःशुल्क फिल्म हेर्ने परिपाटीको विकास हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : १५ बजे

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा