आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो « Khabarhub

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। एमए चिदम्बरम स्टेडियममा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर ब्याटिङ रोजेका हुन् ।

मुम्बईले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १२० रन बनाएको छ। अहिले नमन धिर र कप्तान पाण्ड्या क्रिजमा छन् ।

१३औं ओभरको पाँचौँ बलमा ५ रन बनाएका तिलक वर्मालाई नूर अहमदले कप्तान ऋतुराज गायकवाडको हातबाट क्याच आउट गराए । अहमदले यसअघि ३७ रन बनाएका रायन रिकेल्टनलाई पनि पेभिलियन फर्काएका थिए ।

११औं ओभरको चौथो बलमा डेब्यु खेल खेलिरहेका रामकृष्ण घोषले सूर्यकुमार यादव लाई २९ रनमा डेवाल्ड ब्रेविसको हातबाट क्याच आउट गराए । विल ज्याक्सलाई अंशुल कम्बोजले १ रनमाआउट गरेका थिए।

टोलीहरूको प्लेइङ–११

चेन्नई सुपर किंग्स
ऋतुराज गायकवाड (कप्तान), सञ्जु सैमसन (विकेटकिपर), उर्विल पटेल, डेवाल्ड ब्रेविस, शिवम दुबे, जेमी ओभर्टन, रामकृष्ण घोष, प्रशान्त वीर, नूर अहमद, अंशुल कम्बोज र मुकेश चौधरी।

मुम्बई इन्डियन्स
रायन रिकेल्टन, विल ज्याक्स, सूर्यकुमार यादव, नमन धिर, तिलक वर्मा, हार्दिक पाण्ड्या (कप्तान), रोबिन मिन्ज, ट्रेन्ट बोल्ट, कृष भगत, जसप्रित बुमराह र अल्लाह गजनफर।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : १८ बजे

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका

सत्तामोहले थला परेको कांग्रेस

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा