‘किक २’ मा ज्याकलिनको ठाउँमा यी हिरोइन | Khabarhub Khabarhub

‘किक २’ मा ज्याकलिनको ठाउँमा यी हिरोइन


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान र दीपिका पादुकोणको जोडी बन्ला बन्ला जस्तो हुन्छ, तर बन्दैन । कतिपटक त निर्देशकले यी दुईको जोडी बनाउन चाहे तर पूरा भएन ।

सलमान र ज्याकलीन फर्नाडिजलाई लिएर बनेको फिल्म ‘किक’ मा पनि पहिलो रोजाइ दीपिका नै थिइन् तर यो फिल्म दीपिकाको हातबाट गुम्यो । उक्त भूमिकामा ज्याकलीनले अभिनय गरिन् ।

‘किक २’ बन्ने हल्ला चलेको धेरै समय बितिसकेको छ । फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । तर, छायांकन भने अझै थालिएको छैन । यतिसम्म कि हिरोइन को हुने भन्ने पनि अत्तोपत्तो छैन ।

हाल भने एउटा नयाँ कुरा बाहिर आएको छ । ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् सलमान खान । फुर्सद हुनासाथ उनी ‘किक २’ को छायांकन शुरु गर्नेछन् । अहिले खबर आएको छ कि, ‘किक २’ मा दीपिका पादुकोणले अभिनय गर्ने भएकी छिन् ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै ज्याकलीन फिल्मबाट आउट भएको र दीपिका पादुकोणलाई लिन लागिएको लेखेका छन् ।

सलमानको फिल्ममा हिरोइनका लागि खासै धेरै भूमिका हुँदैन । दीपिका पनि त्यस्तो सानो भूमिकामा त अभिनय गर्न चाहँदैनन् । यो फिल्ममा भने दीपिकाको भूमिका पनि शक्तिशाली बनाउन लागिएको बताइएको छ ।

फिल्म टिमले यसबारेमा औपचारिक जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ४५ बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले