मस्जिद बाहिर बम बिस्फोट हुँदा पाकिस्तानमा ८ जनाको मृत्यु « Khabarhub

मस्जिद बाहिर बम बिस्फोट हुँदा पाकिस्तानमा ८ जनाको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर– पाकिस्तानको लाहोरस्थित एक सुफी मस्जिद (दाता दरबार) बाहिर भएको बिस्फोटमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका जनाइएको छ ।

बिस्फोटमा परि मारिनेमा ४ जना सुरक्षाकर्मीसहित सर्वसाधारण छन् । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वारमा बिस्फोट भएको जनाइएको छ ।

यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् ।

पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । स्थानीय प्रहरी अधिकारी मुहम्मद काशिफले घटनाको प्रकृति हेर्दा आत्मघाती आक्रमण देखिएको बताए । उनले प्रहरीको सवारीमाथि लक्षित गरी आक्रमण भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ३० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७