भारतीय लिगमा नेपाली खेलाडीको रवाफ– सेथुको जीतमा सावित्रा र अनिताको गोल « Khabarhub

भारतीय लिगमा नेपाली खेलाडीको रवाफ– सेथुको जीतमा सावित्रा र अनिताको गोल


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको गोलमा सेथु एफसीले जीत हात पारेको छ ।

भारतीय महिला लिग फुटबलमा सेथु फुटबल क्लबले बेङ्ग्लुरु युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो खेलमा समेत पहिलो रोजाईको खेलाडीको रुपमा मौका पाएकी सावित्राले खेलको ११ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ४१ औ मिनेटमा सन्ध्याले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकि थिइन् । दोस्रो हाफमा सावित्राको स्थानमा मैदान छिरेकी अनिताले खेलको ७४ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

यसअघि पहिलो मनिपुर पुलिस स्पोट्स क्लबसँगको पहिलो खेलमा सावित्रा वुमन अफ दी म्याच घोषित भएकी थिईन् ।

सेथुले लिगको पहिलो लेगमा मनिपुर स्पोटर््स क्लबलाई ६–४ गोल अन्तरले हराएको थियो । योसँगै सावित्राले लिगमा ५ गोल पुरा गरेकि छन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ३१ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट