विवाद पूरै समाधान नभए पनि पार्टीलाई सही बाटामा हिँडाउछौं–पौडैल | Khabarhub Khabarhub

विवाद पूरै समाधान नभए पनि पार्टीलाई सही बाटामा हिँडाउछौं–पौडैल


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए ।

नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताए ।

“गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको छ, यसै सङ्कल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको छ ।”

सो अवसरमा कांग्रेसका नेता रामशरण महतले सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको, तीन थरिका सरकारको कार्यविभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएकोर कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : २० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा