अमेरिकाको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, १ विद्यार्थीको मृत्यु « Khabarhub

अमेरिकाको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, १ विद्यार्थीको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिकाको कोलोराडो राज्यको डेनभर शहर नजिक रहेको एक विद्यालयमा दुई विद्यार्थीले गोली चलाउँदा सोही विद्यालयमा पढ्ने एक विद्यार्थीको ज्यान गएको छ ।

डेनभर शहरनजिक रहेको हाइल्याण्ड्स रान्च शहरको स्टेम स्कूलमा गोली चलेको हो । घटनामा अरु ७ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समयअनुसार २ बजे दुई बन्दुकधारीले विद्यालय हाताभित्र प्रवेश गरी जथाभावी गोली चलाउन शुरु गरेका थिए ।

उनीहरुले कसलाई लक्षित गरी गोली चलाएको हुन् भन्ने स्पष्ट नभइसकेको र दुई संदिग्ध बन्दुकधारीलाई गिरफ्तार गरिएको जनाइएको छ । गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा नियमितजसो विद्यालयमा गोली चल्ने गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार वर्ष सन् २०१९ मा विद्यालयमा भएको यो १ सय १५ औं गोलीकाण्ड हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ३६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका