‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ « Khabarhub

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो ।

समग्र लुम्बिनीलाई पर्यटन प्रवद्र्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको सो भ्रमण वर्ष आगामी जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने पनि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
मुख्यमन्त्री पोखरेलले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्नु यसको प्रमुख उद्देश्य हो ।’

कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी भ्रमण वर्षको निम्तो दिनेछ । भ्रमण वर्ष कार्यक्रम अन्तरगत आगामी जेष्ठ ५ गते लुम्बिनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ । त्यसैगरी लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दिपावली गरिने, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि संचालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए ।

जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अरव बौद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ । मुख्यमन्त्री पोखरेलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्बिनी भ्रमण वर्षले सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ५३ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा