ट्रम्पले एक दशकमा एक अर्बभन्दा बढी घाटा व्यहोरेको खुलासा | Khabarhub Khabarhub

ट्रम्पले एक दशकमा एक अर्बभन्दा बढी घाटा व्यहोरेको खुलासा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आफूले आफैलाई सफल व्यापारी बताउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दशकमा १ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा व्यहोरेको खुलासा भएको छ । आफू सफल व्यापारी भएको बताउँदै आएपनि हालै सार्वजनिक समाचारमा उनले एक दशकमा १ अर्ब भन्दा धेरै घाटा व्यहोरेको खुलासा भएको हो ।

अमेरिकाको न्यूयोर्क टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचार अनुसार सन् १९८५ देखि सन् १९९४ सम्म उनले १ अर्ब १७ करोड घाटा व्यहोरेका थिए । न्यू योर्क टाइम्स पत्रिकाले अमेरिकी कर सेवाका गोप्य दस्तावेजलाई आधार बनाएर समाचार लेखेको जनाएको छ । ट्रम्पले अमेरिकी कर सेवालाई सन् १९९० र १९९१ मा ट्रम्पले २५ करोड अमेरिकी डलर बराबरको घाटा देखाएका थिए ।

ट्रम्पले निकै लामो समययता आफूलाई निकै सफल व्यापारी भएको दाबी गर्दै आएपनि आफ्नो कर विवरण भने सार्वजनिक गरेका थिएनन् । १ अर्ब अमेरिकी डलर भन्दा धेरै घाटा व्यहोरेको भन्ने पछिल्लो समाचारलाई राष्ट्रपतिका अधिवक्ता चाल्र्स हार्डरले असत्य भएको जनाएका छन् ।
पछिल्ला केही समययता डेमोक्र्याटिक पार्टीका नेताहरुले ट्रम्पले कर विवरण सार्वजनिक गर्न माग गर्दै आएका छन् । यद्यपि ट्रम्पले भने डेमोक्र्याट नेताहरुको मागलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ०१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास