राजनीतिक शुद्धीकरणमा डा भट्टराईको जोड « Khabarhub

राजनीतिक शुद्धीकरणमा डा भट्टराईको जोड


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा आज भएको कार्यक्रममा उहाँले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताउनुभयो । विभिन्न राजनितिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनीतिज्ञका गुण, सङ्घीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : २० बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।