५ देश जाने कामदारको भिसा रोक्का, भिजिट भिसामा खाडी र मलेसिया जानेमाथि कडाइ « Khabarhub

५ देश जाने कामदारको भिसा रोक्का, भिजिट भिसामा खाडी र मलेसिया जानेमाथि कडाइ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाँच देश जाने नेपाली कामदारको श्रम स्वीकृति रोक्का गरेको छ । यसैगरी भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जाने नेपालीको भिसामा पनि कडाइ गरेको छ । अफगानिस्तान, लिबिया, इराक, केन्या र सिरिया गरी ५ देश जाने नेपालीको श्रम स्वीकृति रोक्का गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय जानकारी दिएको छ । यी देशमा रोजगारी गरी फर्किएका कामदारका लागि पुनः श्रम स्वीकृति जारी गर्न पनि रोक लगाएको मन्त्रालयले जानकारी दिएको हो ।

सरकारले यी देशमा युद्ध जारी रहेको र असुरक्षित भएको भन्दै कामदारका लागि श्रम स्वीकृति हाललाई रोक्का गरेको हो । ती देशका सम्बन्धित निकायसँग कानुनी परामर्श गर्नुपर्ने भएकाले केही समय भिसा स्थगित गरेर अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले बताए । ‘सरकारले अफगानिस्तान, लिबिया, इराक, कन्या र सिरिया युद्धग्रस्त देश भएका कारण श्रम स्वीकृति केही समयका लागि रोकेको हो,’ उनले भने, ‘असुरक्षित देश भएकाले श्रम स्वीकृति रोकिएको हो ।’

हाल श्रम कार्यालयमा दैनिक १ सयभन्दा बढी सेवाग्राही यी देशका लागि श्रम स्वीकृति लिन पुग्ने गरेका छन् ।

पछिल्लो समय व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक, केन्या र सिरिया जाने कामदारको संख्या बढ्दै गएपछि ती देशसँग छलफल र संवाद गरेर मात्र श्रम स्वीकृति जारी गर्ने पक्षमा मन्त्रालय रहेको समेत उनले बताए ।

उता सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसियामा जाने नेपालीलाई समेत कडाइ गर्न थालेको छ । आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएका व्यक्तिको भिजिट भिसामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकिदिने गरेको छ। यसअघि अध्यागमन विभागले भ्रमणमा खाडी र मलेसिया जाने नेपालीले भ्रमण गर्न सक्ने हैसियत भएको प्रमाणित हुने स्थानीय तहको सिफारिस ल्याउनुपर्ने व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अध्यागमनको विभागको प्रस्ताव व्यवहारिक नभएको भन्दै गृहले अस्वीकृत गरेपछि अध्यागमनले आफैंले कडाइ थालेको हो । खाडीका कतार, साउदी, युएई, ओमन, बहराइन, कुवेत, जोर्डनका साथै मलेसिया जाने नेपाली नागरिकमाथि कडाइ गरेको हो ।

ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर तथा म्यानपावर व्यवसायीका प्रतिनिधिका नाममा खाडीका देश र मलेसिया जाने नेपालीको भ्रमण शंकास्पद रहेको भन्दै निगरानी बढाइएको अध्यागमनले जनाएको छ। भ्रमण भिसाका नाममा रोजगारीमा लैजाने गरेको कार्यालयले औंल्याउदै आएको छ ।

गत महिना कार्यालयले सूचना जारी गर्दै भिजिट भिसामा जान लागेका व्यक्तिलाई आवश्यक कागजात नपुगे जतिबेला पनि रोक्न सक्ने विज्ञप्ति जारी गर्दै सूचित गराएको छ । भिजिट भिसामा गएर अलपत्र हुने क्रम बढ्दै गएपछि नियन्त्रण गर्न लागिएको बताइएको छ । यो विषयमा व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरा समेत सूचित गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : ५९ बजे

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने