भेनेजुएलाबारे ओली- प्रचण्डको कुरा बाझिएपछि संसद्‍मा कांग्रेसको प्रश्न : कसले भनेको पत्याउने ? « Khabarhub

भेनेजुएलाबारे ओली- प्रचण्डको कुरा बाझिएपछि संसद्‍मा कांग्रेसको प्रश्न : कसले भनेको पत्याउने ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे सरकारको धारणा माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विषेश समयमा कांग्रेस सांसद डिला संग्रौला र भिमसेनदास प्रधानले भेनेजुएलाको राजनीतिक संकटबारे सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री ओलीले फरक–फरक धारणा सार्वजनिक गरेपछि कांग्रेसले कसको धारणा पत्याउने भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।

सांसद प्रधानले बैठकमा भने, ‘भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक धारणा हो ? हामीले कस्ले भनेको पत्याउने ? त्यसबारे सरकारको धारणा के हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्यो ।’

भेनेजुएलाबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको धारणाले राजनीति तरंगित बनेका बेला संसदमा समेत यो विषय प्रवेश गरेको हो ।

बुधबार प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिएको बताएका थिए भने विहीबार मात्र प्रचण्डले कसले के भनो भन्नु भन्दा पनि सचिबालयले के निर्णय गर्‍यो भन्ने महत्तवपूर्ण भएको बताएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ३१ बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको