बन्धक नेपाली छुटाउन दूतावास र दिल्ली प्रहरीको एक्सन « Khabarhub

बन्धक नेपाली छुटाउन दूतावास र दिल्ली प्रहरीको एक्सन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत हुँदै रोजगारीका लागि तेस्रो देश लैजान भनी बन्धक बनाइएका १ सय ७९ नेपालीको दिल्ली प्रहरीले उद्धार गरेको छ।

खबरहब डटकमले दिल्लीबाट मानव तस्करी गरी बन्धक बनाइएको विषयमा स्थलगत रिपोर्टिङ गरी समाचार प्रकाशन गरेपछि भारतस्थित नेपाली दूतावास दिल्ली प्रहरीको सहयोगमा एक्सनमा उत्रेको हो।

उद्धार गरिएका नेपालीलाई रोजगारीका लागि तेस्रो देश लैजान राखिएका नेपालीलाई उद्धार गरिएको भारतका लागि नेपालका कार्यवाहक  राजदूत भरतराज रेग्मीले जानकारी दिए। ‘दूतावास अब तस्करी विरुद्ध अभियान चलाउन लागेको छ। भारतीय प्रहरीको समन्वयमा सबै नेपालीको उद्धार प्रयास गरिरहेको छ,’ कार्यवाहक राजदूत रेग्मीले टेलिफोन वार्तामा भने।

१ सय ४७ जना महिला र ३२ जना पुरुषको उद्धार गरिएको दूतावासका कन्सुलर एसएसपी प्रकाश अधिकारीले जानकारी दिए। तस्करले भारतको मनिपुर इन्फालबाट खाडीका विभिन्न मुलुक हुँदै युरोपदेखि अफ्रिका पठाउने आश्वासन दिएर बन्धक बनाएका नेपालीको उद्धार गरिएको कन्सुलर अधिकारीले बताए। ‘उद्धार गरिएका नेपालीलाई कानूनी प्रक्रिया पूरा गरी केही दिनभित्रै नेपाल ल्याउने तयारी भइरहेको छ,’ कन्सुलर अधिकारीले भने।

रोजगारीका नाममा तस्करी गरेर भारत ल्याउने गिरोहलाई पक्राउका लागि अनुसन्धान जारी रहेका समेत दूतावासले जानकारी दिएको छ।

यसैबीच दूतावासले गोप्य रूपमा तस्करको विवरण संकलन गरेको सूचना खबरहबले प्राप्त गरेको छ। यसबारे खबरहबले अध्ययन गरिरहेको छ।

रोजगारीका लागि तेस्रो देश पठाइदिने भन्दै दिल्लीका विभिन्न स्थानमा करिब ४ हजार नेपाली युवा बन्धक बनाइएको समाचार खबरहब स्थलगत अनुसन्धानबाट खुलेको थियो। जसमध्ये ५ सयभन्दा बढी महिला छन् । उनीहरु आकर्षक गन्तव्य जाने भन्दै भारतमा बन्धक जीवन बिताइरहेका छन्। मानव तस्करले उनीहरुलाई सम्पर्क गर्न तथा हिड्डुल गर्न नदिएको खबरहबको स्थलगत रिपोर्टिङबाट खुलेको छ।

दिल्लीका मुख्य स्थान पहाडगंज, साकेत, जिबी रोड, ग्रीन पार्क, छतपुर कुतुब मीनार, सुल्तानपुर, मालवीय नगर, अर्जनगढ, राजिव चोक, सिकन्दपुर, जायपथ, रोहिणी सेक्टर, जहांगीर, बन्दीनगर र गुडगाँउलगायतका क्षेत्रमा तेस्रो देश लैजान पुर्‍याइएका नेपालीलाई तस्करले होटलमा राखेको समाचार खबरहबमा प्रकाशन भएपछि दूतावासले उद्धारका लागि एक्सनमा उत्रने जनाएको थियो। दिल्ली प्रहरीसँगको समन्वयमा बन्धक बनेका नेपालीको उद्दार गरिएको पुष्टि गर्दै कन्सुलर अधिकारीले भने ‘गोप्यताका कारण थप सूचना सार्वजनिक गर्न मिल्दैन।’

तस्करीविरुद्ध अभियान सुरु : दूतावास

कार्यवाहक राजदूत रेग्मीले दूतावासले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग लिएर रोजगारीका नाममा भइरहेको मावन तस्करी विरुद्ध विशेष अभियान सुरु गरेको बताएका छन्।

कार्यवाहक राजदूत रेग्मीले भारत हुँदै तेस्रो देश लैजाने तस्कर सरकारका लागि चुनौती बनेको बताए। उनले भने, ‘दूतावासले तस्करी रोक्न भारतमा रहेका विभिन्न प्रवासी संघसंस्थासँग सहकार्य र छलफल गरेर अभियान चलाउँदै छ। यो गम्भीर र संवेदनशील विषय भएकाले अभियान नै चलाउनु पर्ने देखियो। मानव तस्करीका विषयमा दूतावास गम्भीर रहेको छ।’

यो पनि पढ्नुस् 

रोजगारीका नाममा नेपाली महिलाको तस्करी, तस्करको रुट भारत हुँदै बंगलादेश

रोजगारीका लागि तेस्रो देश हिँडेका ४ हजार नेपाली दिल्लीमा बन्धक, ५ सयभन्दा बढी महिला

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १ : ४० बजे

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी