साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक | Khabarhub Khabarhub

साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपालका हलहरु सुक्खा छन् । जाडो बढेकाले पनि हल पुगेर फिल्म हेर्ने दर्शकमा केही कमी आएको भन्दै फिल्मकर्मीले चित्त बुझाएका छन् । हलमा गतहप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ले राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

आज शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ ले पनि खासै भयंकर ओपनिङ गर्न सकिरहेको छैन । यद्यपि यो फिल्म चल्छ कि भन्ने आशा गरिएको छ ।

यता इन्टरनेट प्रयोगकर्ताले भने युट्युबमा दक्षिण भारतीय फिल्मलाई हिट बनाइदिएका छन् । युट्युबका नेपालको ट्रेन्डिङमा केही दिनदेखि दक्षिण भारतीय फिल्म युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

फिल्मका पोस्टरहरू

नेपालको नम्बर एक ट्रेन्डिङमा फिल्म ‘नम्बर एक दिलवाला’ छ । यो एक्सन फिल्ममा राम पोथीनेनी मुख्य भूमिकामा छन् । नेपालमा पनि यी अभिनेताका फ्यान छन् ।

युट्युबको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म ‘गुरु २’, ‘जंगल २’, ‘आखिरी बाजी’ लगायतका फिल्म पनि नेपालको युट्युब ट्रेन्डिङमा हिट छन् ।

यता हलमा भने नेपाली फिल्मले भने हलसम्म दर्शक तान्न सकेका छैनन् । यतिसम्म कि, राम्रो प्रतिक्रिया पाएका फिल्मले समेत हलमा दर्शक पाएनन् ।

यता युट्युबमा भने केही नेपाली फिल्म युट्युबको ट्रेन्ङिङमा भारतीय फिल्मको पछिपछि छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : १४ बजे

क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु

मस्को – रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा आइतबार युक्रेनी

अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा उत्सव, सडकमा नाच्दै झुमे समर्थक

काबुल- अमेरिका र वेस्टइन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पूर्वच्याम्पियन

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा।वैकुण्ठ

योजना आयोगद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौं । राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ

अरु सदस्यको अधिकार खोसेर एक्लै निर्णय गर्दा भ्रष्टाचारमा तानिए बैकुण्ठ अर्याल

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध ३८ करोड