साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक « Khabarhub

साउथ इन्डियन फिल्महरु युट्युबको ट्रेन्डिङमा, नेपाली फिल्ममा छैनन् दर्शक


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपालका हलहरु सुक्खा छन् । जाडो बढेकाले पनि हल पुगेर फिल्म हेर्ने दर्शकमा केही कमी आएको भन्दै फिल्मकर्मीले चित्त बुझाएका छन् । हलमा गतहप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ले राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

आज शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ ले पनि खासै भयंकर ओपनिङ गर्न सकिरहेको छैन । यद्यपि यो फिल्म चल्छ कि भन्ने आशा गरिएको छ ।

यता इन्टरनेट प्रयोगकर्ताले भने युट्युबमा दक्षिण भारतीय फिल्मलाई हिट बनाइदिएका छन् । युट्युबका नेपालको ट्रेन्डिङमा केही दिनदेखि दक्षिण भारतीय फिल्म युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

फिल्मका पोस्टरहरू

नेपालको नम्बर एक ट्रेन्डिङमा फिल्म ‘नम्बर एक दिलवाला’ छ । यो एक्सन फिल्ममा राम पोथीनेनी मुख्य भूमिकामा छन् । नेपालमा पनि यी अभिनेताका फ्यान छन् ।

युट्युबको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म ‘गुरु २’, ‘जंगल २’, ‘आखिरी बाजी’ लगायतका फिल्म पनि नेपालको युट्युब ट्रेन्डिङमा हिट छन् ।

यता हलमा भने नेपाली फिल्मले भने हलसम्म दर्शक तान्न सकेका छैनन् । यतिसम्म कि, राम्रो प्रतिक्रिया पाएका फिल्मले समेत हलमा दर्शक पाएनन् ।

यता युट्युबमा भने केही नेपाली फिल्म युट्युबको ट्रेन्ङिङमा भारतीय फिल्मको पछिपछि छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : १४ बजे

मासु मात्रै होइन, दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य