बस्ने बेञ्च बङ्ग्याएको भन्दै हेडसरले विद्यार्थीलाई कुटेपछि « Khabarhub

बस्ने बेञ्च बङ्ग्याएको भन्दै हेडसरले विद्यार्थीलाई कुटेपछि


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम-  पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ । खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो ।

यद्यपि कक्षा ९ कै विद्यार्थीले २०/२० रुपैयाँ सङ्कलन गरी कुर्सी मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् ।

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताउनुभयो । कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अधिकारीको भनाइ छ । “टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नुपर्छ । यसका लागि २४ घण्टा पर्खनुपर्छ” अधिकारीले भने, “हामीले दुखाइ कम गर्ने औषधि दिएका छौँ ।” यही विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए ।

यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ । गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घट्ना सार्वजनिक भएका विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की दिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : २७ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा