सरकारसँग छैन औषधि उत्पादनको तथ्यांक | Khabarhub Khabarhub

सरकारसँग छैन औषधि उत्पादनको तथ्यांक


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा औषधि उत्पादन हुन शुरु भएको करिब चार दशक भएको छ । वि.स. २०२९ सालमा सरकारी तवरबाट नेपाल औषधि लिमिटेडको स्थापना भएपछि शुरु भएको हो ।

२०४६ सालमा देउराली–जनता फर्मास्यूटिकल्स प्रा.लिको स्थापना भएसँगै नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन शुरु भएको थियो । २९ वर्षको अवधिमा नेपालमा ५७ वटा एलोपेथिक र ८० वटा आयुर्वेदिक औषधि उत्पादक कम्पनि औषधि व्यवस्था विभागमा दर्ता भएका छन् ।

ती औषधि उद्योगहरुबाट ९ हजार ब्राण्डका औषधि उत्पादन हुने गरेको विभागका महानिर्देशिक नारायण प्रसाद ढकालले जानकारी दिए ।
नेपालमा उत्पादन हुने औषधिहरु धेरै जस्तो संक्रमणजन्य रोग, पेटजन्य रोग, एन्टीबायोटिक, मधुमेह, उच्चरक्तचाप, छालासम्बन्धी रोगका ट्याब्लेट तथा झोल औषधिहरु छन् ।

सरकारसँग छैन उत्पादनको तथ्यांक 

नेपाली औषधिको वार्षिक १९ अर्बको कारोबार रहेको औषधि उत्पादन व्यवसायीको दाबी छ । तर नेपालमा उत्पादन हुने औषधिहरुका बारेमा सरकारसँग कुनै तथ्यांक भने छैन ।

औषधिको नियमन र निरीक्षण गर्ने औषधि व्यवस्था विभागमा नेपाली औषधि उत्पादनको तथ्यांक राख्ने सिस्टम नै नभएको विभागका महानिर्देशक ढकालले बताए ।

९ हजार ब्राण्डका औषधि उत्पादन हुने नेपालमा सरकारले ९६ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरेको छ । अन्य औषधिको मूल्य भने औषधि उत्पादक कम्पनि आफैंले निर्धारण गर्छ

‘औषधि कम्पनीहरुले वार्षिक १९ अर्बको कारोबार गर्छौं भनेर दाबी गर्नुभएको छ, तर त्यो सत्य हो, होइन हामीले तथ्यांक संकलन गर्ने गरेका छैनौं ।’ विभागका महानिर्देशक ढकालले खबरहबसँग भने, ‘५७ वटा एलोपेथिक औषधि कम्पनि छन् । हरेक कम्पनिको दुईतीन सय ब्राण्ड हुन्छ । वार्षिक लाखौं औषधि उत्पादन गर्नुहुन्छ, हामीले तथ्यांक राखेर साध्य नै हुँदैन । विभागको डाटा राख्ने सिस्टम नै छैन ।’

९६ प्रकारको औषधिको मात्रै मूल्य निर्धारण

औषधि उत्पादनको तथ्यांक मात्रै होइन, सरकारले नेपाली बजारमा प्रयोग हुने सबै औषधिको मूल्य समते तोक्नसकेको छैन ।

९ हजार ब्राण्डका औषधि उत्पादन हुने नेपालमा सरकारले ९६ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरेको छ । अन्य औषधिको मूल्य भने औषधि उत्पादक कम्पनि आफैंले निर्धारण गर्छ । जसले गर्दा नेपालमा पाइने एउटै रोगका औषधिको मूल्य फरक–फरक छ । औषधिको गुणस्तर र प्रभाव उस्तै हुनेभए पनि बिरामीहरुमा महंगो औषधि गुणस्तर र सस्तो औषधि गुणस्तरहीन छ भन्ने भ्रम समेत रहेको छ ।

सबै औषधिको मूल्य निर्धारण गर्ने तयारीमा विभाग

औषधिको फरक फरक मूल्यले बिरामीमा रहेको भ्रम अन्त्य गर्न र औषधिको मूल्यमा एकरुपता ल्याउन सरकारले सबै औषधिको मूल्य निर्धारण गर्ने तयारी गरेको विभागमा महानिर्देशक ढाकालले बताए ।

‘हामीले यसअघि पनि ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरीसकेका छौं । अब सबै प्रकारका औषधिको मूल्यमा एकरुपता ल्याउनुपर्छ भनेर मूल्य निर्धारण गर्ने तयारी पनि गर्दैछौं’ विभागका महानिर्देशक ढकाल भन्छन्, ‘औषधिको मूल्य निर्धारणका लागि परामर्श समितिले छलफल पनि गरिसकेको छ । समितिबाट यो एजेन्डा स्वीकृत भएपछि विभागले मूल्यसूची तयार पार्छ ।’

व्यवसायी भन्छन् : ७५ प्रतिशत उत्पादन क्षमता छ, सरकार भन्छ प्रतिस्पर्धा गर्ने वातावरण छैन

नेपाली औषधि बजारको ४५ प्रतिशत माग नेपाली उत्पादनले परिपूर्ति गरेको नेपाल औषधि व्यवसायी संघको दावी छ । नेपाली औषधि उद्योगसँग ७५ प्रतिशत माग पूरा गर्नसक्ने क्षमता भएपनि विदेशी औषधिको आयतका कारण उत्पादन गर्न नसिकएको संघका अध्यक्ष दिपक प्रसाद दाहालले बताए ।

उनले भने, ‘औषधि बजारको ७५ प्रतिशत माग पुरागर्नसक्ने क्षमता नेपाली औषधि उद्योगसँग छ, तर सरकारले हाम्रो क्षमता अनुसार औषधि उत्पादन गर्ने वातावरण बनाइदिएको छैन ।’

एउटै ब्राण्डका औषधि विदेशबाट समेत आयत हुँदा, चिकित्सकले विदेशी औषधि मात्रै सिफारिस गर्ने प्रवृत्ति र कर्चापदार्थ आयतमा सरकारले लगाउने करको कारण नेपाली औषधि उद्योगले क्षमता अनुसार औषधि उत्पादन गर्न नपाएको दाहालको आरोप छ ।

नेपाली औषधि उद्योगहरु गुणस्तरीय औषधि उत्पादन गर्न सक्षम रहेको दावी गर्दै दाहालले नेपाली औषधि कम्पनिलाई औषधि उत्पादनमा सरकारले सहयोग गरी बजारको व्यवस्था गर्नुपर्ने बताए ।

खुल्ला अर्थतन्त्रमा औषधिको आयत सिधैं रोक्न मिल्दैन : महानिर्देक ढकाल

विभागका महानिर्देशक ढकालले नेपाली औषधि उद्योगको ७५ प्रतिशत औषधि उत्पादन गर्न सक्ने क्षमताप्रति कुनै शंका नरहेको बताए ।

‘लामो समय यही क्षेत्रमा कार्यरत रहेकाले मैले पनि देखेको छु, नेपाली औषधि उद्योगले ल्याएको प्रविधि र परिचालित जनशक्तिले ७५ प्रतिशत औषधि उत्पादन गर्न सक्छन् ।’ विभागका महानिर्देशक ढकाल भन्छन्, ‘तर बजारको प्रतिस्पर्धा अनुसार मात्रै औषधि उत्पादन गर्नुपर्ने हुन्छ । बजारमा औषधिको खपतको अवस्था अनुसार स्वदेशी र विदेशी औषधिसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता बनाउँनुपर्छ । त्यो नभएसम्म औषधि मात्रै उत्पापदन गरेर उद्योगको विकास हुँदैन ।’

उनले विदेशी औषधिको आयत सिधैं रोक्न नमिल्ने भन्दै नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्न विदेशी औषधिको आयातलाई घटाउने प्रयास भने गरिरहेको जानकारी दिए ।

‘हामीले विदेशी उत्पादनलाई भन्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइरहेका छौं । खुला अर्थतन्त्रमा विदेशी औषधिको आयत सिधैं रोक्न मिल्दैन,’ विभागका महानिर्देशक ढकाल भन्छन्, ‘तर हामीले प्राविधिक विषयलाई आधार बनाएर नेपालमै उत्पादन हुने औषधिको आयतमा कम गराउने प्रयास गरीरहेका छौं ।’

नेपालमा विदेशबाट ७ हजार ५ सय ब्राण्डका औषधिहरु आयत हुन्छन् । विदेशबाट आयत हुने अधिकांश औषधि नेपालमा पनि उत्पादन हुन्छन् ।

नेपालमै उत्पादन हुने औषधिहरु विदेशबाटसमेत आयत हुनेपछि त्यसलाई रोक्न नयाँ औषधिहरु थप निरीक्षण नगरी ल्याउन नपाइने, औषधिको लेबल नेपाली भाषामा हुनुपर्ने लगाएका मापदण्डहरु समेत बनाएको विभागका महानिर्देशक ढकालले बताए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ३ : ०० बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन