मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका « Khabarhub

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज विभिन्न उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् ।

भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शाहले आज बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ ।

त्यसपछि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्तापछि दिउँसो १२ः३० बजे नेपाल र भारतबीच भएका समझदारीपत्र तथा प्रेस विज्ञप्ति आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, दिउँसो ३ः३० बजे प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मूर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ५ बजे काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक विदेश भ्रमण हो ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : ४० बजे

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन ।

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी– गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३

जेरुसेलममा सैन्य भर्तीको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीसँग झडप

जेरुसेलम– इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

बागलुङ– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८