कर्मचारी समायोजन प्रतिस्थापन विधेयक संसदमा पेस « Khabarhub

कर्मचारी समायोजन प्रतिस्थापन विधेयक संसदमा पेस


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि परेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।

नेपाल सरकारले कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरि सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाउन सक्नेछ भन्ने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले मंसिर २३ गते कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । संघीय संसदको अधिवेशन चालु नरहेकाले २०७५ मंसिर २३ मा राष्ट्रपतिबाट कर्मचारी समायोजन अध्यादेश २०७५ जारी भएको थियो । सो अध्यादेशलाई संविधानको धारा १ सय १४ को उपधारा २ बमोजिम पुस ११ मा बसेको संघिय संसदको दुवै सदनमा पेस भई स्वीकृति समेत भइसकेकाले नेपालको संविधान १ सय १० र प्रतिनिधिसभा संञ्चालन नियमावलिको नियम ९८ बमोजिम सरकारले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको कर्मचारी समायोजन अध्यादेश २०७५ का प्रावधानलाई प्रतिस्थापन गर्न विधेयकको रुपमा कर्मचारी समायोजन विधेयक २०७५ सदनमा प्रस्तुत गरेको हो ।

शुक्रबार नै बसेको दोश्रो बैठकले विधेयमाथि विचार गरियोस् भनी मन्त्री अधिकारीले राखेको प्रस्तावलाई सर्वसम्मति स्वीकृत गरेको छ । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले स्थानीय तहको प्रशासकिय प्रमुखदेखि प्रदेशका मुख्य सचिव र सचिव पनि केन्द्रले खटाउने र प्रदेशको मन्त्री मुख्य मन्त्रीले नियुक्त गर्ने व्यवस्थाले प्रदेशमा कर्मचारी र मन्त्रीबीच कार्यगत समन्वय हुन नसक्ने भन्दै आवश्यक संशोधनको माग गरे ।

उनीहरुले कर्मचारीको वृत्ति विकासका लागि पनि विधेयकमा स्पष्ट व्यवस्था हुन नसकेको टिप्पणी गरे । सांसदहरुले संघियताको मर्मलाई अझै राम्रो संग समाउन नसकेको हो कि भन्ने संन्देश विधेयकमा निहित व्यवस्थाले देखाएको बताए ।

सांसहरु प्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वर जंग गहतराज, सरिता गिरी,सञ्जय कुमार गौतम, दिलेन्द्र प्रसाद बडू, भरत कुमार शाह, गजेन्द्र बहादुर महत, खगराज अधिकारी , उमाशंकर अरगरिया,यशोधा गुरुङ सुवेदी, सत्य नारायण शर्मा खनाल विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलबार १२ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ०२ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ