भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः कांग्रेस | Khabarhub Khabarhub

भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः कांग्रेस


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन् ।

संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरे । सांसद संग्रौलाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको अमेरिकालाई सरकारले चिढ्याउने काम गरेको बताए ।

त्यस्तै सांसद प्रधानले भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक कस्को हो भनीप्रश्न गरेका थिए । बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ५९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार