भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः कांग्रेस « Khabarhub

भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः कांग्रेस


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन् ।

संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरे । सांसद संग्रौलाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको अमेरिकालाई सरकारले चिढ्याउने काम गरेको बताए ।

त्यस्तै सांसद प्रधानले भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक कस्को हो भनीप्रश्न गरेका थिए । बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ५९ बजे

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको