अस्ट्रेलियामा चलेन सन्दीपको जादू « Khabarhub

अस्ट्रेलियामा चलेन सन्दीपको जादू


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मेलवर्न स्टार्सबाट खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) मा ब्रिसबाने हिटविरुद्ध विकेट बिहीन रहेका छन् ।

शुक्रबार ब्रिसबाने क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीसामू मेलबर्न स्टारर्सका बलर निरीह बने ।

२ ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले पहिलो ओभरमा रन नियन्त्रण गरेपनि दोेस्रो ओभरमा महँगा सावित भए । पहिलो ओभरमा ८ रन दिएका सन्दीपले दोस्रो ओभरमा १९ रन खर्चे । सन्दीपको ओभरमा हिटले लक्ष्य पुरा गर्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्न स्टारर्सले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५६ रन बनाएपछि १५७ रनको लक्ष्य सहित मैदानमा उत्रिएको ब्रिसबाने हिटले १० ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

ब्रिसबानेका लागि ओपनिङ ब्याट्सम्यान वेन कटिङले ८१ तथा म्याक्स ब्रायनेटले ७१ रन बनाए ।

लामिछानेले बीबीएलमा यसअघिका ४ खेलमा ८ विकेट सिलएका थिए । आजको खेलमा उनले राम्रो पुनरागमन गर्ने अपेक्षा गरिएपनि उनको टिमको प्रदर्शन कमजोर रहँदा उनीमाथि पनि दबाब रहेको मैदानमा उनको अनुहारले देखाइरहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २३ बजे

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा