तरबार प्रहार गर्ने पक्राउ « Khabarhub

तरबार प्रहार गर्ने पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई तरबार प्रहार गरेकै अवस्थामा १९ वर्षीय बस्नेतलाई तीन फिट १० इञ्चको तरबारसहित पक्राउ गरेको इप्रकाका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए ।
पुरानो झैँझगडा र रिसिइबीले तरबार प्रहार गरेको देखिएको उहाँले जानकारी दिनुभयो । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको प्रहरीले जनाएको छ । बस्नेतले लामो समयदेखि स्थानीयवासीलाई डरधम्की र तर्साउने कार्य गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : ४५ बजे

तीन सय ८० उजुरी फछर्यौट

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९-८० को फागुनसम्म तीन सय ८०

सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय

बर्दिबास- गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक

अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’

वाशिङ्टन- अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब पराजित

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड

आर्थिक सर्वेक्षण : ७२ प्रतिशत घरधुरी टेलिभिजनको पहुँचमा

काठमाडौँ– सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार