पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति « Khabarhub

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले बताएका छन्।

इरानको एकदिने भ्रमणका क्रममा गृहमन्त्री नकवीले पाकिस्तानी सेनाप्रमुख असीम मुनीरसहित इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्ता गरेका थिए । भेटमा इरान–अमेरिका द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव तथा त्यसको समाधानका लागि अपनाउन सकिने उपायबारे छलफल भएको उनले जानकारी दिए।

वार्ताका क्रममा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्न दुवै पक्षले चाल्नुपर्ने आवश्यक कदमलाई प्राथमिकताका साथ छलफल गरिएको मन्त्री नकवीले बताए। एमओयु पुनःस्थापना भएपछि सम्बन्धित विषयमा देखिएका विवादको समग्र समाधान खोज्न सहज हुने उनको भनाइ छ।

मन्त्री नकवीले वार्तामा दुवै पक्षबीच धेरै रचनात्मक विचार आदानप्रदान भएको बताउँदै पछिल्लो संवादले पाकिस्तान र इरानबीचको सहकार्यलाई थप अघि बढाउने विश्वास व्यक्त गरे।

उनले वार्ताबाट सिर्जित सकारात्मक वातावरणले क्षेत्रीय तनाव कम गर्न तथा मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा थप आधार तयार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित