समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्यः नेता नेपाल « Khabarhub

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्यः नेता नेपाल


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि अभियानको नेतृत्व गर्नसक्ने बताए ।

“सम्भावनाको धेरै क्षेत्रबाट खोजी गर्न सकिन्छ”, उनले भने, “कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यवहारिक हुन्छ ।”  किसानले समयमा बीउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेण्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने नेता नेपालको भनाइ थियो ।

उनले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताए ।

समारोहमा आधारशिलाका संस्थापकमध्येकै नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘सबैका लागि शिक्षाको अवसर’का लागि वर्तमान सरकार लागि परेको बताए । आधारशिला २०५९ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आबद्ध १५ परिवारका नेता तथा कार्यकर्ताले स्थापना गरेको कम्युन हो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ५८ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित