पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित « Khabarhub

पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ- ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण २२ ओटा उडान रद्द भएको र यसबाट ४ हजार यात्रु प्रभावित भएको बताइएको छ ।

हड्तालको कारण रद्द भएका उडानहरुमा बेइजिङ, साङ्घाइ, गुआङ्झाउ शेन्झेन, हङकङ र बैकक रहेका छन् ।
चाइना एयरलाइन्स शाखाका विमान चालकहरुको युनियन ‘ताओयुआन’ले कैयांै चालकहरुले लामो समयसम्म उडान उडाउनुपर्ने जस्ता समस्या समाधानको लागि माग राखेका थिए ।

चालकहरु प्रतिनिधिका अनुसार उडान सुरक्षाको लागि चालकहरुमा भएको क्षमताभन्दा बढी दबाबलाई कम गर्न आह्वान गरेका थिए ।

गत मङ्गलबार नै यस हड्तालमा भाग लिनको लागि करिब ९०० विमान चालकले सहभागिता जनाएका थिए । माग पूरा नभएको खण्डमा यो सङ्ख्या अझै बढ्ने समेत अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ५० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल