इरानमा इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सव मनाइने | Khabarhub Khabarhub

इरानमा इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सव मनाइने


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सवका अवसरमा इरानमा विविध कार्यक्रमसहित भव्य रुपमा मनाइने भएको छ । संयुक्तराज्य अमेरिकासँगको तनाब बढेको तथा आर्थिक मन्दी झेलिरहेको इरानले सोमबार वार्षिकोत्सव मनाउन लागेको हो ।

चालीस वर्षअघि फेब्रुअरी ११ का दिन इरानी क्रान्तिकारीहरुले तेहरानको आजादी (स्वतन्त्रता) चोकबाट निकालेको जुलुसले अन्ततः इरानी राजतन्त्रलाई सदाका लागि बिदा गरेको थियो । त्यही दिन फ्रान्समा निर्वासित क्रान्तिकारी नेता आयातोल्लाह रोहल्लाह खोमेनी स्वदेश फर्कनुभएको थियो ।

चालीसौं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति हसन रौहानीले तेहरानमा आयोजना हुने भव्य समारोहमा सम्बोधन गर्नुहुनेछ ।

इरानमा इस्लामिक परम्परा अनुसार ४० वर्षलाई परिपक्व भएको रुपमा लिने गरिन्छ । यही उमेरमा धर्मगुरु मोहम्मदले इश्वरीय आशिर्वचन प्राप्त गर्नुभएको थियो ।

फेब्रुअरी १ देखि नै विविध कार्यक्रम चलिरहे पनि आधुनिक इस्लामिक गणतन्त्र इरानले चर्को आर्थिक चुनौतीको सामना गर्नु परिरहेको छ । इरानभित्रै समस्या उत्पन्न भएको र अमेरिकी प्रतिबन्ध पनि चालू रहेकाले इरानको आर्थिक परिदृश्य निकै जटिल मोडमा पुगेको छ ।

अमेरिकी डलरको तुलनामा इरानी रियालको तीव्र अवमूल्यन भएको छ भने सामानको चर्को मूल्यवृद्धि भएको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशी लगानी रोकिएको तथा इरानले सीमित मात्र तेल बिक्री गर्न पाएको छ ।

इरानमा वातावरणीय सङ्कट पनि उत्पन्न भएको छ । इरानमा वायू प्रदुषण, भूक्षय, खडेरी र मरुभूमिकरण बढेको छ ।

इरानले विगत ४० वर्षमा धेरै क्षेत्रमा निकै प्रगति गरेको हो, इरानका वातावरण निकायका प्रमुख इसा कालान्तरीले बताउनुभयो । उहाँले इरानले खासगरी स्वास्थ्य, उद्योग, सेवा र शिक्षाका क्षेत्रमा निकै प्रगति गरेको जानकारी दिनुभयो ।

सैनिक क्षमतामा भएको प्रगतिलाई इरानले सधैँ गर्व गर्ने गर्दछ । वार्षिकोत्सवको अवसर पारेर तेहरानमा दुईवटा हातहतियार प्रदर्शनी गरिएका छन् । यी प्रदर्शनीमा इरानले विकास गरेका आधुनिक हातहतियार राखिएका थिए । प्रदर्शनीमा इरानमै निर्मित क्रुज क्षेप्यास्त्र राखिएको थियो जसलाई इरानले सफलतापूर्वक परीक्षण गरेको बताइएको छ ।

संयुक्तराज्य अमेरिका र यसका गठबन्धन राष्ट्रहरुले इरानको उक्त क्षेप्यास्त्र कार्यक्रमप्रति आपत्ति जनाउँदै आएका छन् । इरानको यस गतिविधिले सम्पूर्ण मध्यपूर्वमा सङ्कट निम्त्याउने पश्चिमा मुलुकहरुको भनाइ छ । तर इरानले आफ्नो हतियार निर्माण कार्यक्रम विशुद्ध आफ्नो मुलुकको प्रतिरक्षाका लागि रहेको दाबी गर्दै आएको छ ।

प्रविधि क्षेत्रमा निकै फड्को मारेको इरानले गत महिना पायाम नाम गरेको भूउपग्रह प्रक्षेपण गरेको थियो, तर यो अन्तरिक्षमा पुग्न असफल भएको थियो । इरानले अर्को अझ उन्नत भूउपग्रह निर्माण गरेको र ४०औं वार्षिकोत्सवकै सेरोफेरोमा त्यसलाई सफलतापूर्वक प्रक्षेपण गरिने अनुमान गरिएको छ ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले यस वर्षको वार्षिक समारोहमा ठूलो संख्यामा कैदीबन्दीलाई मुक्त गर्ने राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । न्यायपालिकाका प्रमुख साडेघ आमोली लारिजानीका अनुसार करिब ५० हजार कैदीबन्दीलाई मुक्त गरिनेछ ।

इरानले मार्च २०१७ मा करिब २ लाख १७ हजारलाई थुनामा पठाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ११ : ०३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः