नेप्से परिसूचक सामान्य अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव १८ अङ्कले घटेर १५९ दशमलव ७० मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये चार उपसमूह बढ्यो भने ९ उपसमूह घटेको छ । आज ९८ कम्पनीको सेयर बढ्यो भने १६६ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्युटि फण्ड, मेगा म्युचुअल फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ४३ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा