अन्तर्राष्ट्रिय

थाई राजाद्धारा दिदीको कदमको भर्त्सना

By खबरहब

February 08, 2019

बैंकक-शाही परिवारको राजनीतिबाट टाढा रहने परम्परा तोड्दै थाईल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले प्रधानमन्त्रीमा चुनाव लड्ने घोषणा गरेपछि राजा महा भीजायरलङकर्नले अनुचित र असंवैधानिकको संज्ञाा दिएका छन्। राजदरवारको तर्फबाट एक बिज्ञा थाई राजाकी६७ वर्षिय दिदीको मार्च २४ मा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नो उम्मेदवारी घोषणा गरेसंगै थाइ राजनीतिमा नयाँ तरंग ल्याएको छ।

बिगत ५ वर्षदेखी सैनिक शासन चलिरहको थाईल्याडको चुनावमा राजकुमारीको उम्मेद्वारीले आश्चर्यजनक घटनाक्रमको विकास भएको छ। चुनावमा शैनिक शासक प्रार्थना चान ओ चाले समेत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।