२ हजार ४ सय व्यापारीलाई कारवाही « Khabarhub

२ हजार ४ सय व्यापारीलाई कारवाही


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले २ हजार ४ सय ४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो ।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिए। ‘नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौं’, उनले भने ।

चालू आवमा १ हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । ३ हजार ७ सय ३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४ सय ६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३ सय ३ राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ११ : २६ बजे

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता

तनहुँ–१ निर्वाचन मतगणना अपडेट

तनहुँ– तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा

पाल्पा–१ मा रास्वपाको अग्रता

काठमाडौं – पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी